नयाँबानेश्वरमा कर्फ्यु, जेनजी प्रदर्शनमा प्रहरीले चलायो गोली

हिमाल प्रेस २३ भदौ २०८२ १३:१४
नयाँबानेश्वरमा कर्फ्यु, जेनजी प्रदर्शनमा प्रहरीले चलायो गोली

काठमाडौँ- नयाँबानेश्वरमा जारी जेनजी पुस्ताको प्रदर्शन उग्र बन्दै गएपछि नेपाल प्रहरीले रबरको गोली चलाएको छ। प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शन स्थल तनावग्रस्त बनेको छ।

प्रदर्शन नियन्त्रणमा लिन प्रशासनले नयाँबानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। अहिले सम्पूर्ण क्षेत्र सुरक्षा बलको कडा निगरानीमा रहेको छ।

जेनजी आन्दोलनकारीले संसद् भवन परिसर प्रवेश गर्दै विरोध प्रदर्शनलाई तीव्रता दिएपछि प्रहरीले अश्रुग्यास, पानीको फोहरा र अन्ततः रबरको गोली प्रयोग गरेको हो।

स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ भदौ २०८२ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast