जेनजी पुस्ताले भदौ २३ गते काठमाडौँमा आयोजना गरेको सरकारविरोधी प्रदर्शन। फाइल तस्बिर
                                            काठमाडौँ- काठमाडौँ मेडिकल कलेजले काठमाडौँका विभिन्न स्थानमा जेनजीहरुले गरेको प्रदर्शनका क्रममा घाइते भएका सबै पक्षका व्यक्तिको निःशुल्क उपचार गर्ने भएको छ।
सिनामंगलस्थित कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको प्रशासन प्रमुख नारायणप्रसाद दाहाल विज्ञप्तिमार्फत जनाएका हुन्। उपचार गर्दा लाग्ने औषधी एवं औषधीजन्य सामग्री भने सम्बन्धित व्यक्तिस्वयंले प्रबन्ध गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
                            प्रकाशित: २३ भदौ  २०८२ १५:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

