लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाउने

हिमाल प्रेस ३१ भदौ २०८२ १९:४१ | Tuesday, September 16, 2025
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाउने

बुटवल- लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिए। बिहान ८ बजे दिवसको कार्यक्रम आयोजना गरिने भएको हो।

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालयहरूमा भएको आगजनीबाट भएको क्षतिको विवरण संकलनको काम जारी राखिएको छ भने सामान्य मर्मतसाम्भार गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सेवा सुचारू गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ।

कर्मचारीहरूलाई मनोबल उच्च बनाएर सेवा प्रवाहमा जुट्न मुख्यमन्त्री आचार्यले आग्रह गरे। प्रदेशको प्रशासनिक केन्द्रको सुरक्षामा समुदाय स्तरबाट भएको पहल, आन्दोलनरत पक्षको संवेदनशीलता र सुरक्षा निकायको जिम्मेवार भूमिकाप्रति मुख्यमन्त्री आचार्यले आभार व्यक्त गरे।

प्रदेश सरकार मातहत रहेका जिल्ला तहका कार्यालयहरू, चार पांग्रे र दुई पांग्रे सवारीसाधनमा समेत आगजनी भएको छ भने यी कार्यालयहरूको सेवा सुचारू गर्ने विषयमा सचिव स्तरबाट अनुगमन गरिएको थियो।

प्रकाशित: ३१ भदौ २०८२ १९:४१ | Tuesday, September 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast