त्रिभुवन विमानस्थलमा १२ बजेसम्म उडान बन्द

हिमाल प्रेस २५ भदौ २०८२ ६:२५ | Wednesday, September 10, 2025
त्रिभुवन विमानस्थलमा १२ बजेसम्म उडान बन्द त्रिभुवन विमानस्थल, फाइल तस्बिर।

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्याह्न १२ बजेसम्म उडान नहुने भएको छ। जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो।

आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्याह्न १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो। कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ।

देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ। टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ।

 

प्रकाशित: २५ भदौ २०८२ ६:२५ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast