रास्वपा र राप्रपाले आज पनि गरे संसद् बहिष्कार

हिमाल प्रेस २० साउन २०८२ १४:४३
रास्वपा र राप्रपाले आज पनि गरे संसद् बहिष्कार

काठमाडौँ– रास्वपा र राप्रपाका सांसदहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै संसद बहिष्कार गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरण गम्भीर मानव तस्करीको विषय भएकाले छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै सदन बहिष्कार गरेका हुन्। त्यसअघि संसद् बैठक सुरु हुने बितिकै दुई दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा दलका नेता विराजभक्त श्रेष्ठलाई बोल्न समय दिए। श्रेष्ठले नेपाली युवा रोजगारी र शिक्षाका लागि अवसरका लागि विदेश जान बाध्य भएपनि भिजिट भिसाका नाममा भ्रष्टाचार हुनु जायज नभएको बताए। उनले सबैको मिलोमतोमा भएको भ्रष्टाचारको अन्त्य गर्न संसदीय छानबिन गर्न माग गरे। सरकारले बनाएको समिति टालटुले समितिमात्रै भएको उनको भनाइ छ।

त्यस्तै राप्रपा सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमा विरोध गर्नेमाथि प्रतिवाद गर्ने कांग्रेस सासंदको अभिव्यक्तिप्रति आपत्ति जनाए। भिजिट भिसामा विदेश गएका नेपालीलाई सरकारले समेत कुनै वास्ता नगरेको भन्दै विदेशमा रोजगारी खोज्न जानेमाथि भ्रष्टाचार गर्नेमाथि छानबिन हुनुपर्ने उनले बताए। उनले सदन बहिष्कार गर्दा राप्रपाले पाउने भत्ता समेत नलिएको जिकिर गरे।

प्रकाशित: २० साउन २०८२ १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast