
काठमाडौँ- नेपालमा सुनको मूल्यले अहिलेसम्मकै उच्च बिन्दु छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा उल्लेख्य वृद्धि हुँदै नयाँ कीर्तिमान कायम भएको हो।
आज छापावाला सुनको मूल्य प्रतितोला १,९०० रुपैयाँले बढेर १ लाख ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। यसअघि सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। पछिल्लो समय घट्दै गएको सुनको मूल्य फेरि उकालो लागेर नयाँ उच्च बिन्दुमा पुगेको हो।
हिजो सुनको मूल्य १ लाख ९६ हजार ६ सय रुपैयाँ रहेको थियो। त्यसको अघिल्लो दिन आइतबार भने सुन प्रतितोला ३,४०० रुपैयाँले बढेको थियो। हिजो भने जम्मा १०० रुपैयाँले मात्र बढेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर २,२८० रुपैयाँ पुगेको छ।
प्रकाशित: २० साउन २०८२ १२:४२
प्रतिक्रिया