सवारीसाधनबाट पेट्रोलियम पदार्थ चोर्दाचोर्दै ४ जना पक्राउ

हिमाल प्रेस ३ भदौ २०८२ ७:१४ | Tuesday, August 19, 2025
सवारीसाधनबाट पेट्रोलियम पदार्थ चोर्दाचोर्दै ४ जना पक्राउ

काठमाडौँ- पार्किङ गरेर राखिएका विभिन्न सवारी साधनबाट पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित एउटा इँटाभट्टामा रोकी राखेको निसान ट्रकबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा स्थानीयले गिरोहका चार जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्।

पक्राउ पर्नेमा बसका चालक काभ्रेको पाँचखाल नगरपालिका–११ घर भई हाल च्यामासिंह बस्ने ३२ वर्षीय सरोज सुनार, बसका सहचालक चाँगुनारायण–७ बागेश्वरी बस्ने ३२ वर्षीय अमीर लामा, सूर्यविनायक नगरपालिका–७ बस्ने २७ वर्षीय सुमन तामाङ र काठमाडौँ थानकोट घर भई हाल च्यामासिंह बस्ने २७ वर्षीया पूर्णिमा महर्जन रहेका प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बा४ख ४२८० नम्बरको बसमा आएका चोरी गर्ने गिरोहले ४० लिटर डिजेल चोरी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएका हुन्।

त्यसक्रममा स्थानीय केही व्यक्तिले कुटपिट गर्दा तीन जना घाइते भएका छन्।

घाइतेको भक्तपुर अस्पतलमा उपचार गरी प्रहरी हिरासतमा लगिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ। चोरीमा संलग्न रहेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर राखेका चार जनालाई प्रहरीले हिरासतमा राखेर छानबिन अघि बढाएको हो। रासस

प्रकाशित: ३ भदौ २०८२ ७:१४ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast