रविले थुनामुक्त हुन दिएको निवेदनमाथिकाे बहस सकियाे, आदेश लेखिँदै

हिमाल प्रेस २६ साउन २०८२ १७:५८ | Monday, August 11, 2025
रविले थुनामुक्त हुन दिएको निवेदनमाथिकाे बहस सकियाे, आदेश लेखिँदै रवि लामिछाने। फाइल तस्बिर

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएर आदेश लेखन भइरहेकाे छ।

न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेसीमाथि बहस सकिएर आदेश लेखनको काम भइरहेको जिल्ला अदालत रूपन्देहीका सुचना अधिकारी पदम अर्यालले जानकारी दिए। ‘बहस सकिएर आदेश लेखन भइरहेकाे छ,’ उनले भने।

बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन्।

प्रकाशित: २६ साउन २०८२ १७:५८ | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast