माघ महिनाभित्र ‘फाइव जी’ सेवा सञ्चालनमा आउँछ : सञ्चारमन्त्री

हिमाल प्रेस १ भदौ २०८२ १५:३९ | Sunday, August 17, 2025
माघ महिनाभित्र ‘फाइव जी’ सेवा सञ्चालनमा आउँछ : सञ्चारमन्त्री सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौँ उपत्यका र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्ने बताएका छन्।

तामाङ पत्रकार संघको ३१ औँ प्रसारण दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत माघ महिनाभित्र फाइव जी सेवा शुभारम्भ गर्ने उल्लेख भएअनुसार पहिलो चरणमा काठमाडौँ उपत्यका र पोखराबाट यो सेवा शुभारम्भ गरिने बताएका हुन्।

उनले डिजिटल नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन देशैभर इन्टरनेटको गुणस्तर बृद्धिका लागि काम भइरहेको जानकारी दिए। गुरुङले हुलाक टिकटदेखि आवश्यक सबै कुराको छपाईका लागि सुरक्षण मुद्रण केन्द्रलाई तयारी अवस्थामा राखिएको जिकिर गरे।

उनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारप्रति जिम्मेवारभन्दा पनि जनताप्रति जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रसारण (पीएसबी) को रुपमा सञ्चालन गरिएको धारणा राखे।

उनले संविधान र कानूनमा कुनै पनि शब्द दाहोरो अर्थ राख्ने उल्लेख भए त्यसको दुरुपयोग हुनेप्रति कानून बनाउनेहरु सजक हुनुपर्ने बताए।

त्यस्तै उनले मिडिया काउन्सिललाई सरकारले स्वायत्त बनाउनेमा ध्यान दिएको समेत बताए। उनले सामाजिक सञ्जाललाई समेत नियमन गर्नेगरी विधेयक आउने जानकारी दिए।

कार्यक्रममा मन्त्री गुरुङले दुई जना पत्रकारलाई तामाङ पत्रकार अवार्डबाट सम्मान गरेका थिए।

प्रकाशित: १ भदौ २०८२ १५:३९ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast