 माओवादीका सांसद माधव सापकोटा।
                             माओवादीका सांसद माधव सापकोटा। 
                                            काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलिङ पिरियड (विश्राम अवधि) मा भएको छेडखानीमा राज्य व्यवस्था समितिका सभापतिको कार्यशैली रहस्यमय देखिएको बताएका छन्।
संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले कुलिङ पिरियडका विषयमा छानबिन गर्ने क्रममा सरोकारवालासँग छलफल गर्दा समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखिएको बताएका हुन्।
सभापतिले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको छानबिन समितिको ठहर रहेकाले नैतिकता भए राजीनामा दिनुपर्ने सापकोटाको माग छ।
सांसद सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानी नियतजन्य रुपमा गरिएको कमजोरी भएको धारणा राखे। उनले कानुनतः प्रथम दृष्टिमै हस्ताक्षरकर्ताहरु सभापति र सचिव दुवै जनाले यसको जिम्मेवारी लिनुपर्ने र नैतिक रुपमा गल्ती स्वीकार गर्नुपर्ने बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 