 नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि
                             नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि
                                            काठमाडौँ– नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन्।
ब्याहुत सेवा समिति कलवार कुट्टी जनकपुरधामद्वारा श्री बलभद्र जयन्ती पुजन समारोहलाई शुक्रबार जनकपुरधाममा सम्बोधन गर्दै उनले धार्मिक चेतना र सामाजिक एकता बलियो बनाउने खालका यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताए।
उनले भने, ‘बलभद्र जयन्ती जस्ता पर्वले हामीलाई हाम्रो सांस्कृतिक जरा सम्झाइ रहन्छ।’
प्रदेशसभा सदस्य एवं पूर्व भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले संस्कृति र परम्परालाई जीवित राख्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।
                            प्रकाशित: १३ भदौ  २०८२ १९:०३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 