हिमालयन बैंकको एफपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

हिमाल प्रेस १३ साउन २०८२ १२:३२
16
SHARES
हिमालयन बैंकको एफपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ- हिमालयन बैंक लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। बैंकको कमलादीस्थित कर्पोरेट कार्यालयमा बिहान गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको हो।

यस एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जना लगानीकर्ताले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदनहरू विभिन्न कारणले रद्द भएका छन्।

स्वीकृत आवेदकमध्ये ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी रहेको ९ कित्ता सेयर २० कित्ताका लागि आवेदन दिने लगानीकर्तामध्ये गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। सो बाँडफाँटअनुसार ९ जनाले थप एक कित्ता, अर्थात् ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

हिमालयन बैंकले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत पुर्‍याउने उद्देश्यले एफपीओ जारी गरेको हो। बैंकले कुल १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा बिक्रीमा ल्याएको थियो। एफपीओ असार ३२ गतेदेखि साउन ४ गतेसम्म आवेदनका लागि खुला गरिएको थियो।

हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा राख्नुपर्ने प्रावधानअनुसार बैंकले एफपीओ ल्याएको हो।

एफपीओ बाँडफाँटको नतिजा लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको वेबसाइट, मेरोसेयर पोर्टल, हिमालयन बैंकको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सक्नेछन्।

प्रकाशित: १३ साउन २०८२ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast