इटहरीमा डुबेर दुई बालकको मृत्यु

हिमाल प्रेस २२ असार २०८२ ९:०१
इटहरीमा डुबेर दुई बालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

इटहरी- इटहरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ।

शनिबार दिउँसो करिब १२ः३० बजेतिर इटहरी उपमहानगरपालिका-१६ जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा डुबेर इटहरी-१६ का ९ वर्षीय युनिस खत्री र इटहरी-५ का ११ वर्षीय हेमबहादुर भनिने विशु परियारको मृत्यु भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा ११ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले खोलाको दहबाट दुवै बालकलाई निकालेर उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पुर्‍याएको थियो। तर, अस्पतालले दुवै जनालाई शनिबार दिउँसो ४ः२० बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २२ असार २०८२ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast