हुम्ला अदालतले गर्‍यो एक वर्षमा ६० मुद्दा फर्छ्यौट

हिमाल प्रेस २ साउन २०८२ १८:५१ | Friday, July 18, 2025
हुम्ला अदालतले गर्‍यो एक वर्षमा ६० मुद्दा फर्छ्यौट

सिमकोट (हुम्ला)- जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षमा ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। जिल्ला अदालतले सार्वजनिक गरेको विवरणमा आर्थिक वर्ष २०८१/८२ मा ६९ वटा मुद्दामध्ये ६० अर्थात् ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको उल्लेख छ।

जसमध्ये २०८१ मा विभिन्न प्रकृतिका ५० वटा मुद्दा दर्ता भएका थिए भने गत वर्षको जिम्मेवारी सरेर आएका नौ वटा मुद्दा रहेको जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद दाहालले जानकारी दिए। देवानीतर्फ २५ र फौजदारीतर्फ ३५ मुद्दा फर्छ्यौट भएका हुन्।

अदालतले मेलमिलापमा राख्न मिल्ने आठ वटा मुद्दा पठाएकोमा ६ वटा मेलमिलाप भएका छन् भने दुई वटा बाँकी रहेको जनाइएको छ। मेलमिलापबाट ७६ प्रतिशत मुद्दा सफल भएको उल्लेख छ।

चार आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको उनले बताए। आर्थिक वर्ष २०७८/७९ मा ७३.४५, आव २०७९/८० मा ५४.९४, आव २०८०/८१ मा ८२.५६ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो।

प्रकाशित: २ साउन २०८२ १८:५१ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast