साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

हिमाल प्रेस ९ साउन २०८२ १८:५३ | Friday, July 25, 2025
साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

सिरहा– मिर्चैया नगरपालिका–५ स्थित ‘हिल पार्क’ नजिक साइकल दुर्घटनामा परी १३ वर्षीय अभिषेक मण्डलको मृत्यु भएको छ भने १२ वर्षीय विकास ठाकुर घाइते भएका छन्।

विद्यालयबाट फर्किएपछि घुम्न गएका बालकहरू अनियन्त्रित साइकल दुर्घटनामा परेका हुन्। ओरालो बाटोमा साइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए।

गम्भीर चोट लागेका मण्डलको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने ठाकुरको मिर्चैया अस्पतालमा उपचार भइरहेको छ। स्थानीयका अनुसार पार्क जाने बाटो अप्ठ्यारो भएकाले दुर्घटनाको जोखिम बढेको छ।

प्रकाशित: ९ साउन २०८२ १८:५३ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast