‘रेलको बाटो’ नाममा फिल्म बन्ने

हिमाल प्रेस १५ साउन २०८२ १६:३४ | Thursday, July 31, 2025
‘रेलको बाटो’ नाममा फिल्म बन्ने

काठमाडौँ- कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्था समेट्दै फिल्म ‘रेलको बाटो’ बन्ने भएको छ।

फिल्मको कथा लक्ष्मण सुनारले लेखेका छन्। लक्ष्मणले नै निर्देशन गर्ने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै बिहीबार औपचारिक घोषणा गरिएको हाे।

पोस्टरमा ‘गाउँपालिका भवन उद्घाटन’ लेखिएको गेट र मुनि ‘प्रधानमन्त्रीको ज्यूलाई स्वागत छ’ भन्ने ठूलो ब्यानर देखिन्छ। आकाशमा हेलिकप्टर उडिरहेकाे छ। साथै एक पुरूष डाेकाेमा  महिला बाेकेर ओरालो झर्दै छन्। अर्कोतिर चौरी पनि देखिन्छ।

माथि लेखिएकाे ‘लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने वाक्यले राज्यको उपेक्षामाथि गहिरो भावनात्मक र राजनीतिक संकेत गरेको छ। पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन्।

निर्देशक सुनारका अनुसार फिल्मले सामान्य नागरिकको संघर्ष, श्रीमान श्रीमतीबीचको सम्बन्ध, र राजनीतिक बेवास्तालाई मुख्य विषयवस्तु बनाइनेछ। फिल्मको मुख्य कथामा कर्णालीका सडक अभाव, उपचारको कठिनाइ, विकास योजनामा देखिने हस्तक्षेप र शक्ति केन्द्रको नजरअन्दाज जस्ता विषय उठाउने उनले बताए।

कस्तुरी प्रोडक्सनको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्टको सहकार्यमा बन्नेछ। फिल्ममा सुरज पण्डितको संगीत र निसाल पौडेलको छायांकन रहनेछ।

कर्णालीका विभिन्न जिल्लामा छायांकन गर्ने तयारी रहेको फिल्म आगामी चैतमा सुटिङ गर्ने टिमको तयारी छ। निर्माण टिम अहिले पटकथा तयारीमा व्यस्त रहेको र कलाकार छनोट कार्य भइरहेको जनाएको छ।

यसअघि ‘रेलको बाटो’ शीर्षकको म्युजिक भिडियोले उल्लेखनीय चर्चा पाएको थियो।

प्रकाशित: १५ साउन २०८२ १६:३४ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast