थाइल्यान्ड र कम्बोडियाबीच विनाशर्त युद्धविराम लागू गर्ने सहमति

हिमाल प्रेस १२ साउन २०८२ १९:१६ | Monday, July 28, 2025
थाइल्यान्ड र कम्बोडियाबीच विनाशर्त युद्धविराम लागू गर्ने सहमति

काठमाडौँ- थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम लागू गर्ने सहमति भएको छ। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुवै देशबीच युद्धविराम लागू गर्ने सहमति भएको घोषणा गरेका हुन्। उनका अनुसार थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मानेत तत्काल युद्धविराम लागू गर्न सहमत भएका हुन्।

प्रधानमन्त्री अनवरका अनुसार स्थानीय समयअनुसार सोमबार राति १२ बजेदेखि दुई देशबीच विना सर्त युद्धविराम लागू हुनेछ।

उनले भने,‘यो निर्णय क्षेत्रीय तनाव घटाउने र शान्ति तथा सुरक्षाको पुनः स्थापनार्थ महत्वपूर्ण कदम हो।’

थाइल्यान्ड र कम्बोडिया तीन मुख्य विषयमा सहमति भएको जनाइएको छ। दुवै मुलुकबीच मध्यरातिदेखि विना सर्त युद्धविराम लागू गर्ने, दुवै देशका सैन्य कमान्डरहरूबीच मंगलबार बिहान ७ बजे अनौपचारिक बैठक हुने र आगामी अगस्त ४ मा आसियानको अध्यक्षतामा रक्षा अताशेहरूको बैठक आयोजना गर्ने सहमति भएको हो।

दुवै देशबीचको पछिल्लो तनाव र सशस्त्र झडपलाई मध्यनजर गर्दै यो सहमति क्षेत्रीय स्थायित्वका लागि सकारात्मक संकेतको रूपमा हेरिएको छ।

प्रकाशित: १२ साउन २०८२ १९:१६ | Monday, July 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast