सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९, लाटीकाइलीमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल तथा ऐतिहासिक काँक्रेबिहार संरक्षित क्षेत्र। बाह्रौँ शताब्दीमा निर्माण भएको, साठी फिट अग्लो काँक्रेविहार शिखर शैलीमा रहेको छ। मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथलगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन्। पुनर्निर्माण भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ। तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित: २७ असार २०८२ १९:१५ | Friday, July 11, 2025
प्रतिक्रिया





