करेन्ट लागेर महिलाको मृत्यु

हिमाल प्रेस ३ साउन २०८२ १४:१८ | Saturday, July 19, 2025
करेन्ट लागेर महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

सप्तरी– सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरीमा शनिबार करेन्ट लागेर एक वृद्धा महिलाको ज्यान गएको छ।

स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीया श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए।

उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो। करेन्ट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रकाशित: ३ साउन २०८२ १४:१८ | Saturday, July 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast