इरानको सिस्तान–बलुचिस्तानमा आक्रमण, आठ जनाको मृत्यु

हिमाल प्रेस १० साउन २०८२ २०:२६ | Saturday, July 26, 2025
इरानको सिस्तान–बलुचिस्तानमा आक्रमण, आठ जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- इरानको दक्षिण पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा बन्दुकधारीहरूको आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ।

स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार झडपमा तीन जना आक्रमणकारीको पनि मृत्यु भएको छ। घटनाका क्रममा गोलीबारी र विस्फोटहरू हुँदा अन्य धेरै व्यक्ति घाइते भएका छन्।

इरानी सञ्चारमाध्यमहरूले जनाएअनुसार यो आक्रमण पाकिस्तानमा सक्रिय चरमपन्थी संगठन ‘जैश अल–अदल’ ले गरेको हो। यो समूह पाकिस्तानमा आधारित भए पनि इरानभित्र सक्रिय रहेको छ।

सिस्तान–बलुचिस्तान प्रान्त इरानको राजधानी तेहरानबाट करिब १२ सय किलोमिटर दक्षिण–पूर्वमा पर्छ। र, यसको सीमा पाकिस्तान तथा अफगानिस्तानसँग जोडिएको छ।

यो क्षेत्र इरानी सुरक्षाबलहरू र बलोच अल्पसंख्यक समुदायबाट आएका विद्रोही, कट्टरपन्थी सुन्नी समूह तथा लागुऔषध तस्करहरूबीच बारम्बार हुने झडपहरूको केन्द्रविन्दुमा रहँदै आएको छ।

प्रकाशित: १० साउन २०८२ २०:२६ | Saturday, July 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast