वीरगन्जमा डिपबोरिङका लागि ‘हुकिङ’ बन्द गर्न विद्युत् प्राधिकरणको आग्रह

हिमाल प्रेस ११ साउन २०८२ १६:३३ | Sunday, July 27, 2025
वीरगन्जमा डिपबोरिङका लागि ‘हुकिङ’ बन्द गर्न विद्युत् प्राधिकरणको आग्रह

वीरगन्ज- खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर पानी तान्ने गरेको पाइएपछि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले उपभोक्ता समितिलाई अनिवार्य रूपमा मिटर जडान गरेर विद्युत् प्रयोग गर्नका लागि अनुरोध गरेको छ।

नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले खानेपानी र सिँचाइका लागि मिटरसहितको विद्युत्को लाइन जडान गरेर मात्रै डिपबोरिङ गर्नका लागि अनुरोध गरे।

‘उपभोक्ता समितिहरूले आवश्यक पर्ने कागजात लिएर आएको खण्डमा २४ घण्टाभित्रै डिपबोरिङ रहेको स्थानमा लाइनसहितको मिटर जडान गरिदिनेछौं। त्यसैले मिटर जडान नगरिकनै हुकिङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुहुन अनुरोध गरिन्छ’, उनले भने।

वितरण केन्द्रका प्रमुख दुबेले ओभर ट्रिपिङको कारणले विद्युत्मा ‘सर्टसर्किट’ र विद्युत् चुहावट दुवै नियन्त्रण गर्नका लागि खटिनुपर्ने अवस्था आएको बताए।

प्रकाशित: ११ साउन २०८२ १६:३३ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast