मधेशमा खानेपानी संकट, प्रदेश सरकारले गर्‍यो आठ वारुणयन्त्र परिचालन

हिमाल प्रेस ३२ असार २०८२ ११:०९ | Wednesday, July 16, 2025
मधेशमा खानेपानी संकट, प्रदेश सरकारले गर्‍यो आठ वारुणयन्त्र परिचालन

धनुषा- वीरगन्जसहितका मधेशका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेश प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गरेको छ। प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगन्ज पठाइएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको बताए। खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने जानकारी दिँदै उनले वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताए।

साथै सेनाले आफूसँग भएका सातवटा ट्यांकरबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ। यसअघि वन विभागले तीनवटा ट्यांकरमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो।

प्रकाशित: ३२ असार २०८२ ११:०९ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast