देउवाद्वारा ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ पुस्तक विमोचन

हिमाल प्रेस ११ साउन २०८२ १०:११ | Sunday, July 27, 2025
देउवाद्वारा ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ पुस्तक विमोचन

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ शीर्षकको पुस्तक विमोचन गरेका छन्। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आकाश उप्रेतिद्वारा लेखन तथा संकलन गरिएको उक्त पुस्तक देउवाले शनिबार बिहान बूढानीलकण्ठस्थित आफ्नो निवासमा विमोचन गरेका हुन्।

विमोचन समारोहमा देउवाले नेविसंघसम्बन्धी विषयवस्तु समेटिएको पुस्तक प्रकाशन गरेकोमा लेखक उप्रेतिप्रति धन्यवाद व्यक्त गरे। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष राजीव ढुंगाना, केन्द्रीय सदस्यहरू सिता गुरुङ, प्रतिमा गौतम, प्रदीप सुनुवार, चितवन कांग्रेस सभापति राजेश्वर खनाल, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, तरुण दल र नेविसंघका नेताकार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो।

नेविसंघका नेताहरूले पुस्तक विद्यार्थी राजनीति, इतिहास र संगठनप्रतिको समर्पण बुझ्न चाहनेका लागि मार्गदर्शक र प्रेरणादायी हुने बताएका छन्। उनीहरूका अनुसार यस्तो पुस्तकले लोकतान्त्रिक राजनीति र दलहरूसँग जोडिन चाहने नयाँ पुस्तालाई पनि सघाउ पुर्‍याउनेछ।

पुस्तकका लेखक आकाश उप्रेतिले नेपालको विद्यार्थी आन्दोलनको इतिहाससँगै विश्व राजनीतिमा विद्यार्थी संघहरूको भूमिका र विकासक्रम पुस्तकमा समेटिएको जानकारी दिए। पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा इकाई सचिव तथा इकाई सभापति भइसकेका उप्रेती हाल नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्।

प्रकाशित: ११ साउन २०८२ १०:११ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast