नागार्जुनका मेयर बस्नेतलाई ११ वर्ष कैद, २६ करोडबढी जरिवाना

हिमाल प्रेस १६ असार २०८२ १९:२८
52
SHARES
नागार्जुनका मेयर बस्नेतलाई ११ वर्ष कैद, २६ करोडबढी जरिवाना

काठमाडौँ- भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका काठमाडौँ नागार्जुनका मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ११ वर्ष कैद र २६ करोडबढी नगद जरिवानाको सजाय सुनाएको छ।
विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले यो सजाय सुनाएको हो।

विशेषले बस्नेतलाई भ्रष्टाचार कसुरमा ८ वर्ष तीन महिना र सम्पत्ति शुुद्धिकरणको कसुरमा तीन वर्ष कैद सुनाएको हो।

बस्नेतले ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको देखिँदा उनी र घुस दिने पद्मा कलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र यी कम्पनीका अध्यक्ष÷सञ्चालक राजुप्रसाद कँडेलले भ्रष्टाचारसम्बन्धी कसुरमा सजाय सुनाइएको छ।

‘…दामासाहीले रु. २ करोड ३० लाख ६१ हजार ५ सय आठ रुपैयाँ जरिबाना हुने, बिगोको दामासाहीले चारै जना प्रतिवादीहरूबाट जनही बिगो बराबरको रकम जफत हुने र प्राकृतिक व्यक्तिहरू मोहनबहादुर बस्नेत तथा राजुप्रसाद कँडेललाई आठ वर्ष कैद सजाय हुने ठहर्छ,’ विशेषको फैसलामा उल्लेख छ।

नगरपालिकाको प्रमुखजस्तो ओहोदामा बहाल रही यो कसुर गरेको देखिन आएकोल बस्नेतलाई तीन महिना थप कैद सजाय हुने विशेषको फैसला छ।

त्यस्तै सम्पत्ति शुद्धिकरणतर्फ बस्नेतले १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ को कसुर गरेको देखिएकोले तीन वर्ष कैद सजाय र बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ जरिवाना हुने विशेषले सजाय निर्धारण गरेको छ।

यसका अतिरिक्त राष्ट्रसेवकले गरेको सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा थप प्रतिशत सजाय हुने कानुनी व्यवस्था रहेको भन्दै कैदतर्फ ३ महिना १८ दिन र जरिवानातर्फ २ करोड ६२ लाख ५४ हजार ६ सय रुपैयाँ ४६ पैसा ठहर भएको विशेषले जनाएको छ।

साथै अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ, पद्मा कलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र कम्पनीका अध्यक्ष कँडेलबाट जनही ९ लाख २२ हजार ४६९ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने विशेषको ठहर छ।

अख्तियारले बस्नेतमाथि गत पुस १४ गते भ्रष्टाचार र सम्पत्तिशुद्धिकरणसम्बन्धी मुद्दा दर्ता गरेको थियो। विशेष अदालतले गत असार ६ गते बस्नेतलाई दुवै मुद्दामा दोषी ठहर गरेको थियो। भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका बस्नेतलाई विशेषले सोमबार सजाय तोकेको हो।

नागार्जुन नगरपालिकाका मेयर बस्नेतमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा

प्रकाशित: १६ असार २०८२ १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast