
काठमाडौँ- सभामुख देवराज घिमिरे प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध हटाउन आइतबार पनि सक्रिय बनेका छन्। घिमिरेले केही बेरमा सिंहदरबारमा प्रमुख तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र) का प्रमुख सचेतकसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्। अवरोध हटाउने विषयमा सभामुखले निरन्तर रूपमा पहल गर्दै आए पनि समस्या समाधान हुन सकेको छैन।
संसद् अवरुद्ध हुँदा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुन सकेको छैन। यसैगरी संसद्मा विचाराधीन विधेयकहरू पनि अघि बढ्न सकेको छैन।
प्रकाशित: २५ जेठ २०८२ ११:३६
प्रतिक्रिया