
काठमाडौँ- नेपाल-भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहण-२०२५ अन्तर्गत हिमाल आरोहणमा सहभागी नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ।
टोलीमा सहभागी अधिकृत, पदिक तथा अन्य दर्जाका १० जना र केन्द्र एवं बेस क्याम्पबाट समन्वय गर्ने ५ जना गरी १५ जनालाई प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार जंगीअड्डामा भएको कार्यक्रममा प्रधानसेनापति प्रशंसा निसानले सम्मान गरेका हुन्।
संयुक्त कञ्चनजंघा हिमाल आरोहण टोलीमध्ये नेपाली सेनाका १० र भारतीय सेनाका ५ गरी जम्मा १५ जनाले २०८२ जेठ ५ र ६ गते कञ्चनजंघा हिमालको सफलतापूर्वक आरोहण गरेका थिए।
प्रकाशित: २३ जेठ २०८२ २०:२८
प्रतिक्रिया