गृहमन्त्री रमेश लेखकको अधिकार हनन भयो : एमाले

हिमाल प्रेस २० जेठ २०८२ १७:१७
28
SHARES
गृहमन्त्री रमेश लेखकको अधिकार हनन भयो : एमाले नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री रमेश लेखकलाई जवाफ दिने वातावरण बनाउन विपक्षी दल असहमत भएकाले सदन अवरुद्ध भएको बताएका छन्।

प्रतिनिधिसभा बैठक स्थगित भएपछि मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गृहमन्त्री लेखकका बारेमा प्रश्न उठेपछि जवाफ दिन पाउने अधिकार हनन भएको समेत बताए।

कोही व्यक्तिमाथि प्रश्न उठेपछि जवाफै दिन नपाउने गलत नजिर संसदमा बसाउन नहुने बर्तौलाको भनाइ छ। उनले भने, ‘बर्तौलाले दलहरुबीच आन्तरिक छलफल गरेर निकास निकाल्नका लागि समझदारीबमोजिम नै बुधबारसम्मका लागि संसद् स्थगित गरिएको हो।’

उनले गृहमन्त्री लेखकले जवाफ दिएपछि विपक्षीले भनेअनुसार छानबिन समिति गठन, गृहमन्त्रीको राजीनामा लगायतका विषयमा छलफल गर्न सकिने बताए।

प्रकाशित: २० जेठ २०८२ १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast