भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोड्न मिल्दैन : घिमिरे

हिमाल प्रेस ५ असार २०८२ १८:३२ | Thursday, June 19, 2025
भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोड्न मिल्दैन : घिमिरे फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन्।

बिहीबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दैै घिमिरेले आफ्नै इच्छाले मानिसहरु भिजिट भिसाका माध्यमबाट बाहिर गएकाले त्यसलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका हुन्।

भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजनसमेत नभएको अवस्थामा कसैलाई दोषी किटान गर्न नमिल्ने उनले बताए।

भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने जिकिर गरे।

घिमिरेले सदनमा देखिएको समस्या केही दिनमा नै समाधान हुने उल्लेख गरे।

प्रकाशित: ५ असार २०८२ १८:३२ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast