प्रतीकात्मक तस्बिर।
बाजुरा- गौमूल गाउँपालिकामा खोलाले बगाएर आज (आइतबार) एक जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा गौमूल–३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए। पूर्ववडा सदस्यसमेत रहेका बोहरालाई पानी घट्टका लागि जाँतो तार्ने क्रममा गेरेनी खोलाको बाढीले बगाएको हो।
प्रहरी र स्थानीयले बेपत्ता बोहराको खोजी गरिरहेको प्रहरी निरीक्षक बोहराले बताए।
प्रकाशित: ८ असार २०८२ १९:२६ | Sunday, June 22, 2025
प्रतिक्रिया





