प्रधानमन्त्रीसँगको प्रश्नोत्तरअघि सभामुखले गरे रास्वपा नेताहरूसँग छलफल

हिमाल प्रेस ६ असार २०८२ १०:४३ | Friday, June 20, 2025
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरअघि सभामुखले गरे रास्वपा नेताहरूसँग छलफल सभामुख देवराज घिमिरे। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमअघि सभामुख देवराज घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरूसँग छलफलमा बसेका छन्।

सभामुख घिमिरेले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग शुक्रबार बिहान छलफल गरेका हुन्।

संसद् बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राखिएको छ।

छलफलमा सभामुख घिमिरेले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने बेला अवरोध नगर्ने संसदीय अभ्यासको स्मरण गराउँदै रास्वपा सांसदहरूलाई आफ्नो विरोधको स्वरूप परिवर्तन गर्न वा स्थगन गरेर प्रधानमन्त्रीको सम्बोधनका लागि वातावरण तयार गरिदिन आग्रह गरेका छन्।

रास्वपा सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद्‍मा वेल घेराउ र नाराबाजी गर्दै आएका छन्।

प्रकाशित: ६ असार २०८२ १०:४३ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast