धनगढीमा भारी वर्षा : दुई हजार घरमा पानी पस्यो

हिमाल प्रेस १६ असार २०८२ १७:३१ | Monday, June 30, 2025
धनगढीमा भारी वर्षा : दुई हजार घरमा पानी पस्यो तस्बिर : रासस

कैलाली– आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्। डुबानमा फसेका आठ जनालाई प्रहरीले सोमबार उद्धार गरेको छ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिए।

उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ। त्यसैगरी, धनगढी–१३ श्रीलंकाका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ।

सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताए।

जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ।

प्रकाशित: १६ असार २०८२ १७:३१ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast