काँक्रेविहारले ऐतिहासिक महत्त्व बोकेको छ : मुख्यमन्त्री कँडेल

हिमाल प्रेस १३ असार २०८२ १८:५६ | Friday, June 27, 2025
काँक्रेविहारले ऐतिहासिक महत्त्व बोकेको छ : मुख्यमन्त्री कँडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रको रूपमा विकास गर्न सकिने बताएका छन्। शुक्रबार वीरेन्द्रनगरमा आयोजित काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव एवम् युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन २०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको महत्त्व बुझ्न र यसको सम्भावनालाई उपयोग गर्न सबै सरोकारवाला एकजुट हुनु पर्ने उल्लेख गरे।

मुख्यमन्त्री कँडेलले भने काँक्रेविहारलाई लुम्बिनीसँग पर्यटकीय रूपमा जोड्न सके यो क्षेत्र विदेशी र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ। काँक्रेविहार धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो, जसलाई प्रभावकारी ढंगले प्रचारप्रसार गर्न सके यसले समग्र कर्णाली प्रदेशको आर्थिक स्वरूप परिवर्तन गर्न सक्ने मुख्यमन्त्री कँडेललको भनाइ थियो।

काँक्रेविहारलाई खुला चिडियाखानाका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै त्यसले शिक्षा, पर्यटन र रोजगारीका क्षेत्रमा नयाँ सम्भावना खोल्ने मुख्यमन्त्री कँडेलले विश्वास व्यक्त गरे।

प्रकाशित: १३ असार २०८२ १८:५६ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast