एसईई अब प्रदेशले सञ्चालन गर्ने

हिमाल प्रेस १४ असार २०८२ १६:१४ | Saturday, June 28, 2025
एसईई अब प्रदेशले सञ्चालन गर्ने फाइल तस्बिर।

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वर्षदेखि प्रदेश सरकारले सञ्चालन गर्ने भएको छ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शनिबार बसेको बैठकमा एसईई प्रदेशबाटै सञ्चालन गर्ने विषयमा सहमति जुटेको हो।

उपसमितिले यो विषयलाई आफ्नो प्रतिवेदनबाट हटाएको थियो। तर, शिक्षा मन्त्रालयले गरेको यो प्रस्तावमाथि छलफल भएर सहमति जुटेको हो।

यो प्रस्ताव पारित भएसँगै अब राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा प्रदेश सरकारले एसईई सञ्चालन गर्नेछ।

प्रकाशित: १४ असार २०८२ १६:१४ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast