एआई भिडियोमार्फत फिल्म प्रचारमा ‘अभिमन्यु’

हिमाल प्रेस ४ असार २०८२ १४:४१ | Wednesday, June 18, 2025
एआई भिडियोमार्फत फिल्म प्रचारमा ‘अभिमन्यु’

काठमाडौँ- पछिल्लो समय एआईबाट तस्बिर, प्रश्नकाे जवाफमात्र नभएर गीत, भिडियो पनि धेरै बन्न थालेका छन्। यसैबीच  ‘अभिमन्यु- च्याप्टर १’ ले प्रविधिको सदुपयोग गर्दै एआई भिडियोमार्फत फिल्मको प्रचार सुरू गरेको छ।

रहस्मयी हिममानव यतिको प्रयोग गर्दै निर्माण टिमले दुई भिडियो बनाएको छ। एक भिडियोमा रहस्मयी हिममानव यतिले एक हल अगाडि भ्लग बनाउँदै भनेकाे छ, ‘हेल्लो गाइज। आज म फिल्म ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोध्न आएको। के गर्नु हिमालमा फिल्म हल छैन्।’

बसको छतमा बसेझैँ देखिने यतिले अर्को भिडियोमा नेपाली फिल्म अभिमन्यु हेर्न जाने भनेका छन्। पछाडीबाट साथीहरूले पहिले ‘पूर्णबहादुरको सारङ्गी’ पनि हेरेको। यो पनि हेर्न जाने। अभिमन्यु भदौ २७’ भनेको सुन्न/देख्न सकिन्छ। फिल्म प्रचारमा एआईको प्रयोगको सुरुवात हो। फिल्मले आगामी दिनमा यसको प्रयोग बढ्ने संकेत गरेको छ।

फिल्म आगामी भदौ २७ मा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक सुशान्त गौतम हुन्। यो उनको डेब्यु निर्देशन हो। फिल्मको कथा मुकेश खनालले लेखेका हुन्।

फिल्ममा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौलालगायत कलाकारको अभिनय छ।

फिल्मको कथा पैसाको प्रलोभनले चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा आधारित रहेको टिमको दाबी छ। सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।

प्रकाशित: ४ असार २०८२ १४:४१ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast