पाँचौँ टाइगर कप भलिबलबाट २१ लाख बचत

हिमाल प्रेस १४ जेठ २०८२ १२:३८
12
SHARES
पाँचौँ टाइगर कप भलिबलबाट २१ लाख बचत

पोखरा- माघमा पोखरा रंगशालामा भएको टाइगर कप भलिबल प्रतियोगिताबाट आयोजकले २१ लाख रुपैयाँ बचत गरेको छ। बुधबार टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्था अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगिताबाट १ करोड ७१ लाख ८९ हजार आम्दानी भएकामा १ करोड ५० लाख ८८ हजार खर्च कटाई २१ लाख १ हजार रकम बचत भएको जानकारी दिएका हुन्।

एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता खेलकुदमा पोखराकै मुख्य इभेन्टमध्ये एकको रूपमा परिचित हुँदै गएको छ।

पोखरा रंगशालाको भलिबल कोर्टमा गत ८ देखि २० माघसम्म चलेको उक्त प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ टिमले भाग लिएका थिए। उक्त संस्करणमा भारत र थाइल्यान्डको टिमलाई पनि आयोजकले सहभागिता गराएको थियो।

संस्था अध्यक्ष शर्माले बचत बचत सामाजिक सेवामा समर्पित तथा स्वास्थ्य, शिक्षा एवं खेलकुद अभियानमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याए। यसपालि संस्थाले प्रदेश खेलकुद परिषद् गण्डकीलाई खेलाडी कल्याणकारी कोषका लागि १ लाख ५० हजार प्रदान गरेको छ।

नेपाल भलिबल संघको संयोजनमा भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ गण्डकी प्रदेशको टिम च्याम्पियन बनेका थिए। आयोजकले पुरस्कार तथा प्रोत्साहनमा मात्रै २२ लाख ३९ हजार खर्च गरेको छ। सहभागी टिम तथा यातायातमा नेपाली टिमतर्फ २४ लाख १० हजार र विदेशी टिमतर्फ ३५ लाख १७ हजार खर्च गरको छ।

आम्दानीतर्फ मुख्य प्रायोजक एनसेलले १७ लाख, सहप्रायोक सुश्री मिडिया प्रालिले १६ लाख, प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगरपालिकाले दस-दस लाख रुपैयाँ दिएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए।

प्रकाशित: १४ जेठ २०८२ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast