टाइगर कप भलिबल आइतबारदेखि

हिमाल प्रेस ७ माघ २०७९ १८:२४
6
SHARES
टाइगर कप भलिबल आइतबारदेखि

पोखरा– माघ महिनाको चिसो मौसम अब टाइगर कप भलिबल प्रतियोगिताले तताउने भएको छ। पोखरा रंगशालामा ८ देखि १४ माघसम्म तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार पत्रकार सम्मेलनमा अध्यक्ष नारायण शर्माले जानकारी दिए।

प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिने छन्। महिलातर्फ त्रिभुवन आर्मी, गण्डकी प्रदेश, एपिएफ र न्यु डायमण्ड स्पोर्टस् क्लब तथा पुरुषतर्फ त्रिभुवन आर्मी, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरी, एपिएफ र गण्डकी प्रदेशको टिमले भाग लिने छन्।

दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मी विजेता हुन्।

उद्घाटनको दिन ३ खेल हुनेछ। बिहान १० बजे महिलातर्फ न्यु डायमण्ड र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा पुरुषतर्फ नेपाल आर्मी र एपिएफ क्लबीच प्रतिस्पर्धा हुनेछ। अन्तिम खेल पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसबीच हुनेछ। दिउँसो १ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता उद्घाटन गर्ने आयोजक समिति सदस्य रामकृष्ण ज्ञवालीले बताए।

महिलातर्फ नेपाल पुलिसका केही खेलाडी घाइते भएपछि अन्तिम समयमा उपस्थित नजनाउने भनेको छ। प्रतियोगिताको टेक्निकल टिम सदस्य टहलसिंह थापामगरले गण्डकीको महिला टिम समेटिएको बताए। जसको कप्तानी अरुण शाहीले सम्हाल्ने छिन्। महिलातर्फ नै भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड पनि नआउने आयोजकले जानकारी दिएको छ।

पुरस्कार राशि यसपालि गत वर्ष तुलनामा दोब्बर छ। महिला-पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छन्। तस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजारसहित ट्रफी र प्रमाण प्राप्त गर्ने प्रतियोगिता संयोजक देवेन्द्र केसीले बताए। हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छ।

दुवै इभेन्टमा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागत पुरस्कार १० हजार छ। आयोजकले प्यारापिट निर्माणमा ध्यान दिएको र नतिजा एलइडी स्क्रिनमा आउनेछ। ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

प्रकाशित: ७ माघ २०७९ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =