क्यान विभाजनसम्बन्धी प्रक्रिया अगाडि बढ्यो

हिमाल प्रेस ४ जेठ २०८२ १५:३३
8
SHARES
क्यान विभाजनसम्बन्धी प्रक्रिया अगाडि बढ्यो

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आइतबार प्रतिनिधि सभाको बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समिति पठाउने प्रस्ताव पेश गरेका थिए। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरे।

अब यी विधेयकहरू प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति मा दफावार छलफल हुनेछन्। समितिबाट छलफलपछि प्रतिवेदनसहित पुनः प्रतिनिधि सभामा प्रस्तुत गरिनेछ।

सरकारले यी विधेयकहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिसकेको छ। प्रस्तावित विधेयकअनुसार हालको नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा संस्थामा विभाजन गरिनेछ — नियामक निकायको रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायक संस्थाका रूपमा नेपाल हवाई सेवा प्राधिकरण रहने छन्।

गत वर्ष फागुन १३ गते नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको थियो।

मन्त्री पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए।

यी दुवै विधेयक अब छलफलका लागि सम्बन्धित समितिमा पठाइने भएको छ। नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास र विस्तार गर्न विधेयक ल्याइएको मन्त्रालयको भनाइ छ।

प्रकाशित: ४ जेठ २०८२ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast