१० खेलाडीमा सीमित सिटी प्रिमियर लिगमा विजयी

हिमाल प्रेस ७ जेठ २०८२ ६:३५ | Wednesday, May 21, 2025
१० खेलाडीमा सीमित सिटी प्रिमियर लिगमा विजयी फाइल तस्बिर

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बर्नमाउथमाथि विजयी बनेको छ। मंगलबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा १० खेलाडीमा सीमित सिटीले बर्नमाउथमाथि -१ ले हराउँदै विजयी बनेको हो।

जितसँगै सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। सिटीको जितमा ओमोर मार्मोस, बेर्नान्डो सिल्भा र निकोले समान एक गोल गरे। सिटी खेलको ६७औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो।

खेलको ६७औँ मिनेटमा माटेओ कोभासिकले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि सिटी १० खेलाडीमा समेटिएको थियो। यता खेलको ७३औँ मिनेटमा लुइस कुकले पनि सिधै रातो कार्ड खादै मैदान छाडे। गएराति भएको अर्को खेलमा क्रिस्टल प्यालेसले वुल्भ्सलाई ४-२ ले हराएको छ।

शनिबार मात्र सिटीलाई हराउँदै एफए कपको उपाधि जितेको क्रिस्टल प्यालेसले च्याम्पियन छविलाई कायम राख्दै जित हात पारेको हो।

प्रकाशित: ७ जेठ २०८२ ६:३५ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast