सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द

हिमाल प्रेस ८ जेठ २०८२ १४:४५ | Thursday, May 22, 2025
सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द सुर्खेत विमानस्थल, फाइल तस्बिर।

सुर्खेत– सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द हुने भएको छ।

विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि दुई दिन बन्द गरेर निर्माण थालिएको थियो। एक ठाउँमा काम सकेलगत्तै पुनः दोस्रो ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि पुनः विमानस्थल बन्द गरिएको हो।

धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि मंगलबारदेखि विमानस्थलबाट उडान बन्द गरिएको छ।

मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको थियो। खाल्डो पुर्ने काम भइरहेको बेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए।

रनवेमा पानी निस्किएपछि विमानस्थल बन्द गरिएको उनले बताए। प्रमुख काफ्लेले शनिबारसम्म काम सकिने र हवाई सेवा पुनः सञ्चालन हुने जानकारी दिए।

अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भए पनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए। विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपरेको उनले जानकारी दिए।

प्रकाशित: ८ जेठ २०८२ १४:४५ | Thursday, May 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast