युवा संघ महाधिवेशन : अझै तोकिएन मतदानको समय

हिमाल प्रेस १२ जेठ २०८२ १२:०० | Monday, May 26, 2025
युवा संघ महाधिवेशन : अझै तोकिएन मतदानको समय

काठमाडौँ- ३ दिनदेखि पोखरामा जारी नेकपा एमाले निकट युवा संघको महाधिवेशनको मतदान समय अहिले पनि तोकिएको छैन।

पछिल्लो पटक निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यक्रमको संशोधित सूचनामा अन्तिम नामावली प्रकाशन आज दिउँसो १ बजेलाई तोकिएको छ। त्यसपछि आजकै मितिमा मतदान गरिने भनिए पनि समय तोकिएको छैन।

‘अर्को सूचना हामी प्रकाशन गर्छौ, अहिले मिति तोकिएन,’ प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले भने। निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने भनको थियो। तर, आन्तरिक समस्या देखाउँदै समय थप गरिएको थियो।

नेताहरूका अनुसार नेतृत्व चयन प्रक्रिया सर्वसम्मत छान्न चाहदा ढिलाइ भएको हो। अध्यक्षसहित सबै पदमा दुई प्यानल बनेका छन्। एकातिर क्षितिज थेवे र अर्कातिर सुमन पुरी नेतृत्वको प्यानल बनेको छ।

प्रकाशित: १२ जेठ २०८२ १२:०० | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast