प्रतिनिधिसभा बैठक बस्दै, बजेट आर्थिक सर्वेक्षणको कार्यसूची पेस हुँदै

हिमाल प्रेस १३ जेठ २०८२ ६:२० | Tuesday, May 27, 2025
प्रतिनिधिसभा बैठक बस्दै, बजेट आर्थिक सर्वेक्षणको कार्यसूची पेस हुँदै फाइल तस्बिर।

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित: १३ जेठ २०८२ ६:२० | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast