oplus_1026
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुन लागेको छ।
‘पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटामान जोगाउन समस्या हुन्थ्यो भने सर्प, बिच्छीलगायत विषालु कीराको उत्तिकै डर हुन्थ्यो। हुरीले छाना उडाउँदाको पीडा शब्दमा व्यक्त हुँदैन’, उनले भने।
आर्थिक अभावमा पक्की घरमा बस्ने सपना नदेख्नु भएका उनलाई अब भने नगरपालिकाले आफूहरुका निम्ति सुरक्षित आवास निर्माण थालेपछि सपना विपनामा परिणत हुने आशा जागेको बताए।
सिमलखेतमा बसोबास गर्ने दलित परिवारका लागि नगरपालिकाले निड्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा ११ वटा सुरक्षित आवास निर्माण गरिरहेको छ।
छ लाख ५० हजारको लागतमा दुईकोठे घर निर्माण भइरहेका वडाध्यक्ष लालबहादुर ऐरले बताए। यसै महिना निर्माण सम्पन्न गरेर दलित परिवारलाई हस्तान्तरण गर्ने उनको लक्ष्य छ।


