तस्करलाई नियन्त्रणमा लिन सुनसरीमा प्रहरीले चलायो गोली

हिमाल प्रेस १० जेठ २०८२ २२:३० | Saturday, May 24, 2025
तस्करलाई नियन्त्रणमा लिन सुनसरीमा प्रहरीले चलायो गोली सांकेतिक तस्बिर

इटहरी – सुनसरीमा तस्कर समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। जिल्लाको बराहक्षेत्र नगरपालिका ३ स्थित कालिन्द्र सामुदायिक वन क्षेत्रमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ड्युटीमा खटिएको प्रहरीले शनिबार साँझ गोली चलाएको हो।

प्रहरी टोलीलाई देख्ने बित्तिकै वनभित्र बोरा बोकी आइरहेको समूह भागेको थियो। उनीहरूलाई नियन्त्रणमा लिन गोली चलाएको सुनसरी प्रहरीका एसपी सुमनकुमार तिम्सिनाले बताए।

बराहक्षेत्र ३ का ५५ वर्षीय रामप्रसाद लिम्बूले धारिलो हतियार खुकुरी निकालेर प्रहरी टोलीलाई प्रहार गर्न खोजेपछि एक राउण्ड गोली हानेको तिम्सिनाले बताए।

घटनास्थलबाट प्रहरीले घरेलु हतियार खुकुरी एक थान, रुख काट्ने गिडुवा आरा एक थान, तिखो खन्ती एक थानसमेत बरामद गरेको छ।

प्रकाशित: १० जेठ २०८२ २२:३० | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast