कोशीको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने

हिमाल प्रेस ४ जेठ २०८२ ९:४३ | Sunday, May 18, 2025
कोशीको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने

इटहरी- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम जेष्ठ ५ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। कोशी प्रदेश सरकारको आइतबार (आज) बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

सरकारको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेशसभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेशसभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए।

प्रकाशित: ४ जेठ २०८२ ९:४३ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast