कोशीका सात पत्रकार सम्मानित

हिमाल प्रेस १५ जेठ २०८२ १५:१४ | Thursday, May 29, 2025
कोशीका सात पत्रकार सम्मानित

इटहरी – कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर बिहीवार सात जना पत्रकारलाई सम्मान गरेको छ।

नगद एक लाखसहित कोशी प्रदेशमा कार्यक्षेत्र भएका अग्रज पत्रकारहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुनेहरूमा अग्रज पत्रकारहरू झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, विमल लामिछाने ,धनकुटाका राजेश्वर श्रेष्ठ, सुनसरीकी यशोदा सेने, मोरङका मोहम्मद सदरुल र मनोज दाहाल रहेका छन्।

उनीहरूलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रमाणपत्र र नगदसहित सम्मान गरे।

कोशी प्रदेश सरकारले हरेक वर्ष प्रदेशमा क्रियाशील अग्रज पत्रकारहरुलाई सम्मान गर्दै आएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर एक कार्यक्रमबीच सम्मान वितरण गरिएको हो।

प्रकाशित: १५ जेठ २०८२ १५:१४ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast