 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले भारतले गरेको ‘अपरेसन सिन्दूर’ आतंकवादी गतिविधिविरूद्धको स्वाभाविक जवाफ रहेको बताएका छन्।
भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ नाम दिएर मंगलबार राति पाकिस्तान प्रशासित कश्मीरमा आतंकवादी स्थललाई लक्षित गरेर गरेको सैन्य आक्रमणबार उनले यस्तो बताएका हुन्।
२२ अप्रिलमा जम्मु–कश्मीरको पहलगाममा घुम्न गएका पर्यटकहरूमाथि आतंकवादीहरूले गोली चलाउँदा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो। भारतले पहलगाम आक्रमणको विरोधमा ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको हो।
नेता निधिले भारतीय सेनाले आतंककारीको विरूद्धमा गरेको सफल ‘अपरेसन सिन्दूर’ का भारतलाई बधाई दिएका छन्।
‘भारतीय सेनाले आतंककारीविरूद्धमा गरेको सफल अपरेसन सिन्दूरका लागि बधाई छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पहलगाममा घुम्न गएका हाम्रो नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ भारतीय पर्यटकलाई आतंककारीहरूले विनाकारण गोली हानी हत्या गरेको दुखद घटनाको यो स्वाभाविक जवाफ हो।’
निधिले आतंकवादविरूद्धको संघर्षमा आफूहरू भारतको साथमा रहेको उल्लेख गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 