सिन्धुलीको खोरभञ्ज्याङमा कारको ठक्करबाट बालकको मृत्यु

हिमाल प्रेस ३० वैशाख २०८२ १५:१५ | Tuesday, May 13, 2025
सिन्धुलीको खोरभञ्ज्याङमा कारको ठक्करबाट बालकको मृत्यु सांकेतिक तस्बिर।

सिन्धुली- दुधौली नगरपालिका-८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली-७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

कारको ठक्करबाट घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो। प्रहरीले कारका चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ३० वैशाख २०८२ १५:१५ | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast