सीमा क्षेत्रमा पुगेर चीन जान अस्थायी पास वितरण

हिमाल प्रेस १३ वैशाख २०८२ २१:२९ | Saturday, April 26, 2025
सीमा क्षेत्रमा पुगेर चीन जान अस्थायी पास वितरण

हुम्ला– जिल्ला प्रशासन कार्यालयले सीमा क्षेत्रमा पुगेर छिमेकी राष्ट्र चीनको ताक्लाकोट जाने अस्थायी सीमा पास वितरण गरेको छ।

छिमेकीमुलुक चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट आउँजाउ गर्न तुम्कोट, याल्वाङ, हिल्सा, यारीलगायतका क्षेत्रमा पुगेर तीन सय ७४ जनालाई अस्थायी सीमा पास वितरण र नवीकरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।

सदरमुकाम सिमकोट पुगेर सीमा पास लिन सीमावर्ती क्षेत्रका नागरिकलाई कठिन भएपछि सीमा क्षेत्रमा पुगेर अस्थायी सीमा पास वितरण गरिएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयका अनुसार हिल्सा नाकामा ६ वटा नयाँ, ६४ वटा नवीकरण, यारीमा ६ जनालाई नयाँ र ८६ नवीकरण, तुम्कोटमा १६ वटा नयाँ र ३४ नवीकरण, याल्वाङमा ४८ लाई नयाँ र एक सय १४ जनाको नवीकरण गरिएको छ। हालसम्म यहाँ सात हजार पाँच सय ४५ जनाले चीनको ताक्लाकोट आउँजाउ गर्न सीमपास लिएका छन्।

प्रकाशित: १३ वैशाख २०८२ २१:२९ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast