साफेबगरको हाटबजारमा आगलागी, १० वटा पसल जलेर नष्ट

हिमाल प्रेस १३ वैशाख २०८२ ११:३० | Saturday, April 26, 2025
साफेबगरको हाटबजारमा आगलागी, १० वटा पसल जलेर नष्ट

अछाम- अछामको साफेबगरमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको छ। शनिबार बिहान साफेबगर नगरपालिका-३ हाटबजारमा बिहान पौने ४ बजेदेखि आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी इन्स्पेक्टर जय पार्कीले जानकारी दिए।

हाटबजारमा प्रेम खड्काले सञ्चाले गरेको सुभेच्छा मस्म सेन्टरबाट आगलागी सुरू भएको थियो। उक्त पसलमा बिजुलीको तार सट भई आगलागी भएपछि आसपास रहेका थप ९ वटा पसलमा पनि आगो सल्किएको इन्स्पेक्टर पार्कीले जानकारी दिए।

आगलागीबा त्यस आसपास रहेका किराना पसल, ब्युटी पार्लर, सुनचाँदी लगायतका विभिन्न व्यवसाय सञ्चालित पसलहरू जलेर नष्ट भएका छन्। आगलागी बिहान ६ बजेपछि नियन्त्रणमा आएको इन्स्पेक्टर पार्कीले जानकारी दिए।

प्रकाशित: १३ वैशाख २०८२ ११:३० | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast