पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान

हिमाल प्रेस २८ चैत २०८१ १०:४८ | Thursday, April 10, 2025
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान

पर्सा- खुला सीमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीनमहिने चेतनामूलक अभियान सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार पर्साका १४ वटै पालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा अभियान थालिएको हो।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लागुऔषधको रोकथामको लागि सामूहिक प्रयास अपरिहार्य भएको बताए। ‘लागुऔषधको रोकथाम तथा नियन्त्रण एकल प्रयासले सम्भव हुन्न। त्यसैले सामूहिक प्रयास गर्नका लागि सबैले हातेमालो गर्न जरुरत छ।’

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले लागुऔषधको दुर्व्यसनी रोकथामको लागि पर्साका सबै पालिका एकजुट भएरअघि बढ्नुपर्ने बताए।

पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले लागुऔषधको कारोबारीले पर्सा जिल्लालाई ट्रान्जिटको रुपमा प्रयोग गर्दै आइरहेकाले त्यसलाई नियन्त्रण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक हुने बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी २६९ मुद्दा दर्ता भएको थिए। चालु आवको फागुन मसान्तसम्ममा त्यस्ता मुद्दाको संख्या १०२ पुगेको छ। पर्सा प्रहरी हिरासतमा रहेका ५५ जनामध्ये २७ जना लागुऔषध मुद्दाका अभियुक्त हुन्।

प्रकाशित: २८ चैत २०८१ १०:४८ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast